निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

बुधबार, असोज ५, २०७९

नेपालगञ्ज ।  स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधीलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च नबुझाउने बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए  । उहाँहरु स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उनले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे  ।  रासस     

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार