नागरिकता विधेयक निस्क्रिय पारेको विरोधमा सिरहामा जनमत पार्टीकाे प्रदर्शन

नागरिकता विधेयक प्रकरण
बुधबार, असोज ५, २०७९

सिराहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । 

Avatar

सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए । 

Avatar

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार