सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।
सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।
मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट-१० लेखिएको २५ (पच्चिस) पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० (सात सय पचास) चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ (चौरान्बे) पुरिया सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खैरो हेरोइनसहित ६ जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनानकारी दिएको छ ।
सोमबार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागु पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा ६० रुपैया, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २२ को सन्तोष परियार, सोही महानगर वडा नं. १९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर, लम्जुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ, नवलपरासी देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को चेत बहादुर क्षेत्री, र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेको प्रहरीले जनाएको छ ।