विद्युतीय सवारीसाधनलाई प्रोत्साहन

मंगलबार, असोज ४, २०७९

काठमाडौँ  ।  Cले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका  छन्  ।  सुन्दर ट्रेडर्स प्रालिले आज आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शर्नी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताउनुभयो । सवारीसाधनलगायतमा विद्युत्को प्रयोग बढाउन सकिने उहाँको धारणा छ । “पहिले लोडसेडिङ हुने समयमा विद्युतीय सामान कल्पना नै गर्न नसकिने भए पनि अहिले त्यसको प्रयोग बढाउन भनिरहेका छौँ”, निर्देशक घिसिङले भने  ।   अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे  । उनका अनुसार अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ । विद्युतीय सवारीसाधनले सञ्चालन खर्च कम भएका आधारमा यात्रुलाई छुट दिनुपर्ने उनले बताए  । घिसिङले भने  “एक पटक किन्न बढी रकम भए पनि त्यसको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा कम छ ।”   सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादूर थापाले ट्रलिबस पुनः सञ्चालनका लागि जिम्मेवारी दिन सरकार समक्ष माग गरे  । आफूले जिम्मेवारी पाएमा तीन महिनामा सञ्चालन गर्न सक्ने उनको दाबी छ ।   रासस   

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार