सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन सोमबारसम्मको समय निर्धारण गरेको थियो । आयोगले २–३ गते भित्र बन्द सूची बुझाउनु पर्ने कार्यतालिका सार्वजनिक गरेअनुसार नेपाली कांग्रेसको टोलीले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको हो । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सूची निर्वाचन आयोगमा बुझाएको हो । महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेका थिए । बन्द सूचीकै बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । माओवादी केन्द्र पनि बुझायो बन्दसूची नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका माओवादी नेताहरु सोमबार अपरान्ह कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन् । क–कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ? राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको थियो । सोमबार अपरान्ह साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेश प्रदेशका लागि तराई मधेश लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल, बागमती प्रदेशका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जानकारी दिएको छ । यसैगरी गण्डकी प्रदेशका लागि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी र लुम्बिनी प्रदेशका लागि राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारको बन्दसूची बुझाएको छ । यसैगरी सोमबार अपरान्ह साढे ४ बजेसम्म प्रदेशसभामा बन्दसूची बुझाउने दलहरुमा कर्णालीका लागि राष्ट्रिय जनमोर्चा र सुदूरपश्चिमका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका आयोगले जनाएको छ ।