एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची 

सोमबार, असोज ३, २०७९

काठमाडौं  ।  नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले  पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि बुझाउने तयारी गरिरहेका छन् ।  
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार