एनसीसीको परिवर्तित ब्याजदर सार्वजनिक

सोमबार, असोज ३, २०७९

काठमाडौं   ।  नेपाल क्रेडिट एण्ड कमर्स  बैंक लिमिटेड (एनसीसी) ले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुन: परिवर्तन गरी प्रकाशन गरेकाे छ ।बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाताअन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले आज पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ ।साथै, बैंकले वचत खाताअन्तर्गतका खाताहरूको ब्याजदर र अन्य खाताको ब्याजदर भने यथावत् नै राखेको छ । जसमा वचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ ।परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।  

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार