जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

आइतबार, असोज २, २०७९

काठमाडौं,  ।  जनता समाजवादी पार्टी जसपा नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए  । उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा  सूची बुझाइने बताए  । प्रवक्ता सुमनले पार्टीकातर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए   उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो ।यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी लोसपा  नेपालले पनि समानुपातिक उम्मेद्वारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेद्वारको सूची तयार गरिसकेको छ । 

पार्टीका शीर्षस्त नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्दसूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ । सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ । सोही निर्णय बमोजिम आयोगले निर्वाचन प्रक्रिया सुरु गरेको हो । समानुपातिक उम्मेद्वारको बन्दसूची निर्वाचनमा सहभागी हुने राजनीतिक दलले पार्टीका तर्फबाट असोज २ र ३ गते आयोगलाई बुझाउनुपर्ने समयावधि तोकिएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार