दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्दै

कहाँ जान कति भाडा ? 
शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं  ।  दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार