सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । देशका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित यात्रु प्रतिक्षालयभित्र पहिचान नखुलेका करिब ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको गोदावारी नगरपालिका–१४ हाडेगाउँमा बागलुङ बुर्तीबाङ घर भएका २० वर्षीय जनक खत्री मृत अवस्थामा फेला परेका छन् ।
हाडेगाउँमा डेरा गरी बस्ने बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका खत्री सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
झापाको कचनकवल गाउँपालिका–१ पुरन बस्ति बस्ने २५ वर्षीया मुन्नि राजबंशी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका–७ नहर चोकस्थित कन्काई सिँचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।