सर्लाहीमा ५ केजी गाँजासहित दुईजना पक्राउ

शुक्रबार, भदौ ३१, २०७९
मयुर प्लाई

सर्लाही ।  लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् । 

प्र.२–०२–००५ प २२०६ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार