बुटवलबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ 

शुक्रबार, भदौ ३१, २०७९

रूपन्देही ।  बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार