विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं ।  देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । 

भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

सल्यानको कालिमाटी गाउँपालिका–५ खेरेलास्थित गोठरी खोलामा हाल पहिचान नखुलेका एक जना पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार