जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, भदौ ३१, २०७९
मयुर प्लाई

मोरङ ।  जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । 

जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार