घरको दुई तलामाथिबाट खसेर लुभुमा एक जनाको मृत्यु

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं । ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ ।

बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार