सामूहिक बलात्कारका फरार अभियुक्त आठ वर्षपछि पक्राउ

बिहीबार, भदौ ३०, २०७९
मयुर प्लाई

काठमाडौं ।  मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी-८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । 

अदालतले उनलाई फैसला कार्यान्वयनका लागि भन्दै जिल्ला कारागार मोरङ पठाएको छ । २०७१ साल जेठ ९ गते एक १६ वर्षीय युवतीलाई बस्नेतसहित तीनजनाले सामूहिक बलात्कार गरेका थिए । 

उक्त घटनामा संलग्न अर्का व्यक्ति प्रकाश थापालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको थियो । अदालतले दोषि ठहर गरेसँगै थापा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका छन् । घटनामा संलग्न अर्का एकजना फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।

केराबारीको एक विद्यालयमा अध्ययन गरेर फर्किने क्रममा थापा र बस्नेतसहितका तीन युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर पिर्रे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए । 

जिल्ला अदालत मोरङले उनीहरु तीनै जनाविरुद्धको मुद्दामा २०७८ भदौ ३ गते समान हिसाबले २५ हजार जरिमाना र १३ वर्ष कैद हुने ठहर गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार