सोसल मिडिया
Contact Us
युनिकोड
कास्की : कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।
हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।
माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ बर्षीय आशिष बसेल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।
गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।
दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानिसलाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग
लायन्स क्लब अफ अर्घाखाँचीले आफ्ना सदस्य नवराज बन्जाडे लाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग गरेकाे छ । उनकाे अहिले सघन उपचार कक्षमा उपचार भइरहेकाे छ ।
गत २५ भदाै साँझ घरअगाडि बाटोमा हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको अहिले प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कुमको पछाडिपट्टिबाट ठक्कर दिई भागेको मोटरसाइकल र चालकको हालसम्म पहिचान भइसकेको छैन । यद्यपि प्रहरीले भने अनुसन्धानमा स्थानीयबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरेको छ ।
जिल्ला प्रशासन काार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर क्लवका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले घटना भएको लामो समय भइसक्दा पनि दोषी पहिचान नहुनु चिन्ताको विषय भएको भन्दै सक्रियता बढाउन सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र निमित्त प्रहरी प्रमुख कृष्णप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले घटना भएको लामो समय भइसक्दासम्म पनि दोषी पत्ता नलाग्नुमा सुरक्षा निकायको कमजोरी भएकाे बताए ।