सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले ठेकदार कम्पनी डिस्कभर सिटीसँग पार्किङ सञ्चालनका लागि गरेको सम्भौता रद्द गरेको छ । महानगरका प्रवक्ता राजु महर्जनद्धारा हस्ताक्षरित सूचनामा सोमबार बसेको कार्यपालिका बैठकले उक्त सम्झौता रद्द गरेको उल्लेख छ । महानगरको आर्थिक विकास समितिको २०७६ पुस १४ गते बसेको बैठकको सिफारिस समेतको आधारमा २०७६ माघ ३ मा बसेको कार्यपालिका बैठकले महानगरको विभिन्न स्थानमा पार्किङ सञ्चालन गर्न डिस्कभर सिटी प्रालिलाई स्वीकृति दिने निर्णय गरेको थियो । पर्किङ अत्यन्तै महँगो त्यसमाथि आम्दानीको ८० प्रतिशत ठेकेदार र २० प्रतिशत मात्रै महानगरलाई जाने गरी सम्झौता गरेको भन्दै महानगरवासीले व्यापक विरोध गरेका थिए । कम्पनीले २ पाङग्रेको लागि २० र ४ पाङग्रेको लागि ५० रुपैयाँका दरले शुल्क उठाउने गरी पाँच वर्षका लागि सम्झौता गरेको थियो । महानगरको पार्किङ सम्झौता रद्द गर्ने निर्णयको सबैले प्रसंशा गरेका छन् ।