ललितपुरमा निर्माण भइरहेका सम्पदा अवलोकनमा भक्तपुरका जनप्रतिनिधि

सम्पदा संरक्षणमा ललितपुरको काम प्रसंशनीय : भक्तपुर नगरप्रमुख प्रजापति 
बुधबार, वैशाख ८, २०७८

ललितपुर । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले ललितपुर महानगरमा निर्माण भइरहेका सम्पदा, पाटन संग्रहालय, ज्यापु समाजको संग्रहालयको अवलोकन गरेका छन् । भक्तपुर नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरुको समूहले  ती स्थानको अवलोकन गरेका हुन् । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विकास निर्माण र सम्पदा संरक्षण लगायतका विषयमा अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले भक्तपुर नगरबाट ललितपुरले शिक्षा , स्वास्थ्य लगायतका विषयमा धेरै कुरा सिक्नु पर्ने स्पष्ट पारे ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ललितपुर महानगर अलौकिक सम्पदा, कला र संस्कृतिको सहर भएको बताए । ललितपुर महानगरले तिनको संरक्षणको लागि गरेको काम प्रसंशनीय भएको दाबी गरे । सम्पदा संरक्षणमा ललितपुर र भक्तपुर अग्रस्थानमा रहेको बताए ।  ज्यापु समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले ज्यापु समाजको संग्रहालयमा भएका सामग्री सयौं वर्ष पुरानो भएको बताए  । शिक्षा, स्वास्थ्यमा गरिएको लगानीले दीर्घकालिन प्रभाव पार्ने बताउँदै स्थानीय तहले निर्धक्क भएर यी क्षेत्रमा लगानी गर्न स्पष्ट पारे । अवलोकन कार्यक्रममा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, वडा अध्यक्षहरुका सहभागिता थियो । अवलोकन गर्नु अघि भक्तपुरका जनप्रतिनिधिलाई महानगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल र प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरमा स्वागत गरेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार