देवी माविमा  वक्तृत्त्वकला 

बुधबार, भदौ २९, २०७९

 ललिपुर ।  बाल दिवसको अवसरमा ग्रामिण सामुदायिक विकास संस्था रिकोडको संयोजनमा श्री देवी मावि देविचौर ललितपुरमा लैङ्गिक समानताको व्यवहारिक प्रयोग र यसका चुनौतिहरु विषयमा वक्तृत्त्वकला प्रतियोगिता सम्पन्न भएको  छ  । कक्षा ११ र १२ का विद्यार्थीहरुबीच सम्पन्न प्रतियोगितामा प्रविना तामाङ प्रथम, गणेश बजगाँई द्वितीय र लक्ष्मी तामाङ तृतीय भएका छन्  । विजयी छात्रछात्राहरुलाई विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान र रिकोड प्रतिनिधि गिता तिमल्सिनाले स्कुल व्याग तथा शैक्षिक  सामग्री तथा पुरस्कार वितरण गरेका छन्  ।  श्री देवी माविका शिक्षक  रामेश गौतमले  सामुदायिक  स्कुलको शिक्षाको  विकास गर्न  तथा   शैक्षिक गुणस्तर  बढाउन विद्यार्यीहरुलाई  अतिरिक्त क्रियाकलाप  आवस्यक  पर्ने बताए  । 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार