एकै दिन १३ मुद्दा फैसला

बुधबार, वैशाख ८, २०७८

वाग्मती । जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन  १३ मुद्दा फैसला गरेको  छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टको इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो  । यसैगरी न्यायाधीश मनोज श्रेष्ठको इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।
न्यायाधीश सीता शर्मा अधिकारीको इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार