एमालेको संस्थापन र माधव नेपाल समूहबीच झन् झन् फाटो बढ्दै

माधव नेपालसहित ३२ सांसदसँग स्पष्टीकरण, सांसद पदबाट हटाउने तयारी 
मंगलबार, वैशाख ७, २०७८

काठमाडौं । नेकपा एमाले भित्र संस्थापन पक्ष तथा माधवकुमार नेपाल समूहबीचको दूरी झन झन बढ्दो छ । बालुवाटारमा सोमबार बसेको बैठकमा माधव नेपाल समूहलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएसँगै मंगलबार माधव नेपालसहति ३२ जना सांसद्सँग स्पष्टीकरण सोधिएको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका ३२ जना सांसदलाई स्पष्टिकरण सोधेको हो ।  उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाइएको छ । उनीहरुलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ । सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनी युक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे यसअघि नै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा विभिन्न आरोप लगाउँदै तपाईंलाई किन कारवाही नगर्ने रु भनी प्रश्न गरिएको छ । स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेलमा पठाइएको छ ।  स्पष्टीकरण सोधिएका संघीय सांसदमा माधवकुमार नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाक्री तथा कर्णाली प्रदेशका सांसद, प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा तथा देवी ओली छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार