‘जनताको मन जितेको छु (भिडियो)

बुधबार, भदौ २२, २०७९

ललितपुर । नेपाली काँग्रेस बाग्मती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले आफूले ललितपुर क्षेत्र नं १ (क) का जनताको मन जित्ने हिसाबले काम गरेको दाबी गर्दै पार्टीले टिकट दिए सहजै विजयी हासिल गर्ने बताएका छन् । गठबन्धनमा संलग्न दलहरुलाई टिकट बाँडफाँट गर्दा पनि ‘ललितपुर १ (क)मा जनमत र मतभार कसको पक्षमा छ त्यो कुरा विचार गर्न पनि उनले आग्रह गरे । उनले शब्दपाटीसँग भने, ‘ललितपुर क्षेत्र नं १ (क)मा जनमत र मतभार काँग्रेसकोे पक्षमा छ । सोही अनुसारको निर्णय लिन पार्टी नेतृत्वसँग मेरो आग्रह छ ।’
क्षेत्र नं १ (क) मा पार्टीका अन्य साथीहरुको दावी प्रस्तुत हुनुलाई स्वभाविक प्रक्रिया रहेको जनाउँदै उनले भने, पछिलाई सहज होस भनेर पनि साथीहरुले दावी गर्नु भएको हो, यसलाई अन्यथा लिनु हुँदैन ।’
राजनीति र व्यवसायलाई सँगसँगै लगेको बताउँदै उनले भने, 'कामका हिसाबले म राजनीतिबाट नै बढि सन्तुष्ट छु ।’

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार