विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

सोमबार, भदौ २०, २०७९
Global Ime Bank

नयाँदिल्ली,  ।  पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन् ।  हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ ।  दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए । उनीहरू कामबाट फर्केका थिए । राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन् ।   भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन् । विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार