कुमार चुडाल र नहकुल सुवेदी सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त

सोमबार, वैशाख ६, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेकी हुन् । चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीशमा कार्यरत थिए । उनीहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार