दाउन्नेमा बस दुर्घटना, ३१ जना घाइते 

आइतबार, वैशाख ५, २०७८

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस अनियन्त्रीत भई सडकबाट तल खसेको हो । 
बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए । साँझ ६ बजे बस दुर्घटनामा परेको थियो ।  प्रहरीले दुई घण्टा लगाएर घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, तीन जनाको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । बसमा सवार सबै ३१  यात्रु घाइते भएको उनले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार