बल्ल बाहिर निस्कियो नेपाली फुटबल टोली

बंगलादेशमा मैत्रीपूण खेल खेल्ने
बिहीबार, कात्तिक २०, २०७७

काठमाडौँ । कोरोना भाइरस देखिएपछि सुस्ताएको नेपाली खेल क्षेत्र विस्तारै तङग्रिन थालेको छ । यसको सुरुवात नेपाली राष्ट्रिय फुटबल टोलीबाट भएको छ । नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरी कोरोना भाइरसबाट तङग्रिने प्रयास गरेको हो । कोरोना भाइरस देखिएपछि नेपाली खेल क्षेत्र ठप्प छ । एकाध खेलहरु अनलाइनमार्फत खेलिए पनि रंगशालाका मैदानमा खेलाडी उपस्थित हुन सकेका छैनन । नेपाली फुटबल टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रीपूणर् खेल खेलेर फर्कने छ । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको छ । 
लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूणर् खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको थियो । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ । उनीहरु आइसोलेसनमा छन् । 
नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका छन् । मैत्रीपूणर् खेलका लागि बुधबार गरिएको सामान्य बिदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा गरे ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूणर् खेल खेल्नेछ । कोरोनाको महामारी पछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । तर महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूणर् खेल निकै चुनौतीपूणर् भएको प्रतिक्रिया उनको छ । 
यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । साथै बंगलादेशसँगको मैत्रीपूणर् खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूणर् खेलले अनुभव दिने पनि उनले बताए । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूणर् खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिन्छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूणर् खेल खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार