चट्याङ लागेर मृत्यु

शुक्रबार, वैशाख ३, २०७८

गलकोट । बागलुङमा हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चट्याङ लागेर जिल्लाको ताराखोलामा एक जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।  कँडेललाई तत्कालै उपचारका लागि धौलागिरि अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार