सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा अस्वाभाविक रुपमा ढिलाइ भइरहेको जनाउँदै काममा व्यवधान खडा गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति लिइने स्पष्ट पारेका छन् । नापी विभागको एक कार्यक्रममा उनले भने, ‘हामीलाई काममा विलम्ब स्वीकार्य छैन, यस्तो कार्यमा संलग्न देशभित्रका हुन् वा देश बाहिरका, तिनीहरुबाट क्षतिपूर्ति लिन्छौँ ।’ तामाकोशी आयोजनामा निर्माण कम्पनीले सामान्य समस्या देखाएर ढिलासुस्ती गरिरहेको तथा हरेक दिन रु पाँच करोड नोक्सान भइरहेको उनको भनाइ थियो ।