डा.वस्तीलाई मानव अधिकार सम्मान

सोमबार, चैत ३०, २०७७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा.हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले डा.वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएकामा सम्मान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए । 
डा.वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फोरेन्सिक विज्ञका रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पु¥याएका छन् । सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु¥याउने विश्वास आयोगले लिएको छ । 
आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार