नुवाकोट र बारामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु 

आइतबार, साउन १, २०७९

काठमाडौं । नुवाकोट र बारामा भएका दुई छुट्टा छुट्टै मोटर साइकल दुर्घटनामा परी दुई जनाले ज्यान गुएमाएका छन् ।नुवाकोटको लिखु गाँउपालिका छहरेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।  मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।  मृत्यु हुनेमा स्थानीय अन्दाजी २७ बर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २७ बर्षका अनिस श्रेष्ठलाई उपचारको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल टोखा पठाइएको छ ।  काठमाडौंबाट छहरेतर्फ जाँदै गरेको ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल गएराती पौने १ बजे अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।
यता बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 
दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ बर्षीय रामबाबु साह र पछाडी सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ बर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए । 
घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैया उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल विरगन्ज पठाइएको छ । 
दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रीत भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार