सतिघट्टामा सशस्त्र प्रहरीको विओपी

शनिबार, चैत २८, २०७७

झापा । सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ ।  खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो ।  सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए ।  प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको संख्या योसँगै १८ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार