धनुषामा भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

आइतबार, साउन १, २०७९

धनुषा  । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका–१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । 

उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार