मधेश प्रदेश सरकारद्वारा प्रदेश प्रहरी भ्यानसहितमा सामग्री प्रदान

आइतबार, साउन १, २०७९

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसधान र बाढी तथा ढुवानमा परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।  प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरीलाई कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका समानहरु हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरुको उद्धार गर्न लागि मोटर बोट र जेनरल बोट, टेन्ट, त्रिपालसहितका समाग्री प्रदान गरिएको छ  । प्रदेशका         गृह तथा सञ्चारमन्त्री भारत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँलाई उक्त समाग्री हस्तान्तरण गरका थिए । 

गृह तथा संचार मन्त्रालयका अनुसार ९ वटा भ्यान २ करोड ८५ लाख ६५ हजार र १२५ सीसीका २९ वटा मोटरसाईकल ५६ लाख ५१ हजारमा खरिद गरिएको छ । त्यस्तै, बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले  जनाएको छ । 
मधेश प्रदेश प्रहरीलाई शान्ति सुरक्षालाई प्रभावकारि बनाई आम प्रदेशवासीको जनधनको रक्षाको तथा समाजमा शान्ति सुरक्षा कायम गर्न उक्त समाग्रीहरु प्रदान गरिएको मन्त्री साहले बताए । अगामी निर्वाचनलाई मध्यनजर गरेपनि ति समाग्रीहरु प्रदान गरिएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार