नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री एस जयशंकर

शनिबार, असार ३२, २०७९

काठमाडौं  । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन । ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको  चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।'

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार