'एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो'

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।  अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्। 'एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो' उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार