काँग्रेसकी सांसद पुष्षा भुसाल उपसभामुखमा निर्वाचित 

शुक्रबार, असार ३१, २०७९

काठमाडौं । काँग्रेसकी सांसद पुष्षा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसाल १४८ मत पाएर निर्वाचित भएकी हुन् । उनलाई नेपाली कांग्रेस, नेपकपा माओवादी, नेकपा एस, जसपाले मत दिएका थिए । 
उपसभामुखमा निर्वाचित भुसाल कांग्रेस संसदीय दलकी सचेतक पनि हुन् । 
प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 
सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए । 
प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । 
उनी भुसालसँग पराजित भएकी हुन् । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो । 

संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक 
प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी) मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । 

‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार