विश्वराज पोख्रेलको रिट खारेज

आइजिपीमा धिरजप्रताप सिंहलाई मार्गप्रशस्त
शुक्रबार, असार ३१, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षकमा धीराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदन खारेज भएको छ । पोखरेलको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि पोखरेल एआईजीकै हैसियतमा प्रहरी प्रधान कार्यालयमा फर्किनुपर्ने भएको छ ।  कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले पोखरेलले कानुनी चुनौती दिँदै दायर गरेको रिट खारेज गर्दै सिंहलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको छ । ‘वरिष्ठता’का आधारमा आफू आइजिपी हुन पाउनुपर्ने माग दाबी गर्दै मन्त्रिपरिषदको निर्णयविरुद्ध पोखरेल रिट लिएर सर्वोच्च पुगेका थिए ।  

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार