सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमाथिको बहस सकिएको छ । वरिष्ठता मिचेर आफूभन्दा जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आज पोखरेलका कानुन व्यवसायीले जवाफी बहस सकाएका हुन् । उक्त मुद्दामा आजै फैसला आउने सम्भावना छ। सरकारले गएको वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो ।