विद्युत उत्पादन गृह भत्कियो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु

शुक्रबार, असार ३१, २०७९

सुर्खेत । हुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो । प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो । 

आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको हाे । विहीबार राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । 

विद्युत्गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको हाे ।  बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जादा घर भासिएको देखेका थिए । 
मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार