महोत्तरीमा अवैध उत्तखनन गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

इलाका प्रहरी कार्यालयको एक्सन
शुक्रबार, असार ३१, २०७९
मयुर प्लाई

महोत्तरी । महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखनन विरुद्ध कडा रुपमा उत्रिएको छ । 

पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसीवी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

c65b4eed-2da5-45fc-a90a-ddd17bb910041657840603.jpg

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।

7f00989b-120c-459b-ad78-5b56e801cd001657840629.jpg

आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

हनुमान चोकस्थित धन सिंह क्यापछाकीको जग्गामा अवैध उत्तखनन गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।

5ee55c57-50b8-42bc-8d81-3cecfc5896b41657840661.jpg

चालक, टिपर र जेसिवी मालिकलाई थप कारवाहीको लागी जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार