जसपाले खोस्यो बाबुराम, हिसिलालगायतको जिम्मेवारी

बिहीबार, असार ३०, २०७९

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।

भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार