संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ?

बिहीबार, असार ३०, २०७९

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् ।प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए । ‘भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लास गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठक महतले भने, ‘तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलकका भन्ने । उनलाई (शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘भारतको सबै सुखसुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन् ?,’ उनले प्रश्न गरे । 
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार