सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जनता समाजवादी पार्टी भित्र डा.बाबुराम भट्टराई तथा उपेन्द्र यादववीच किचलो बढिरहेकै बेला एकजना प्रभावशाली महिला नेत्रीले पार्टी छाडेकी छन् । केही सयमयता जसपा भित्र डा. बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढिरहेको छ । विवादका बीच पार्टी नेताहरुलाई आफ्नो पक्षमा पार्न यादवले तीनजना नेतालाई मन्त्रिपरिषद्मा पठाएर पार्टी भित्र आफू बलियो भएको देखाएका थिए । मन्त्रिपरिषद्बाट फिर्ता हुनु पर्दा नेताहरुमा असन्तुष्टि देखिन थालेको छ । त्यसको सुरुवात नेत्री रणु यादवबाट भइसकेको छ । जसपा कार्यकारिणी सदस्य रेणुकुमारी यादवले पार्टी परित्याग गर्ने घोषणालाई असन्तुष्टिको निर्णय रुपमा व्याख्या गरिएको छ । व्यक्तिगत कारण देखाउँदै पूर्वमन्त्री रहेकी यादवले बिहीबार जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरेको घोषणा गरेकी हुन् । ‘वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु’, अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ, ‘तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’ यादव यसअघि भौतिक पूर्वाधार मन्त्री थिइन् । जसपाले नयाँ मन्त्री पठाएपछि उनी फिर्ता भएकी हुन् ।