बेपत्ताबालकको शव भेटियो

बिहीबार, असार ३०, २०७९

सिन्धुपाल्चोक । बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार  बगाएको थियो । बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । 
उनले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए । 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार