सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल रहेका छन् । यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहेकी छन् ।