सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् । सो उम्मेदवारीमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थक छन् । लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा पुष्पा भुसालको उम्मेदवारी परेको हो । रासस