भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ  

बुधबार, असार २९, २०७९
मयुर प्लाई


भोजपुर । भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्की रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार