मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

बुधबार, असार २९, २०७९
मयुर प्लाई

पर्सा  ।  मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका–१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । 

थप अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाँको काम लगाइदिने प्रलोभन देखाई काठमाडौंमा असार २७ गते भेटी सोही दिन बीरगन्ज बसपार्क ल्याएको खुलेको थियो । चेकपोष्टमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नू भनी सिकाई गलफतमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको अनुसन्धानमा खुलेको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार