एम अधिकारी गर्भनर महाप्रसाद हैनन्, उनी एक गैर सरकारी संस्थामा काम गर्छन् : रिजाल

बुधबार, असार २९, २०७९

काठमाडौं   । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ एक गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएको बताएका छन् । एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद  अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको छ ।रिजालले भने, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् । 
 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार